Sunday, March 16, 2025

राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिर जाँदैछन् । यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर जान लागेका हुन् ।

ताजा / भरखरै प्राप्त

यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हवाइजहाजबाट बिहान पौने ९ बजे जनकपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।

जनकपुर विमानस्थलमा राष्ट्रपति पौडेललाई मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्ने छन् ।

Previous article
नेपाल मुस्लिम संघको महाधिवेशन आज, सभापति देउवाले उद्घटन गर्नेनेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आ हुने भएको छ । नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको हो ।संघका कार्यवहाक अध्यक्ष अतावुल मन्सुरका अनुसारदुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे गर्ने छन् । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहने संघले जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles