Friday, October 24, 2025

वीरगन्जमा सामाजिक सद्भाव र्‍यालीठूलो जनसहभागितापर्सा — धार्मिक सहिष्णुताका लागि सोमबार वीरगन्जमा बृहत् सद्भाव र्‍याली निकालिएको छ । वीरगन्ज महानगरपालिकाको आयोजनामा आदर्शनगरस्थित स्विमिङ पुलबाट सुरु भएको र्‍याली बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो ।सदियौंदेखि एकताबद्ध भएर बसी आएका वीरगन्जबासीलाई विभाजित गर्ने मनसायका साथ केही तत्व सक्रिय भएको भन्दै वीरगन्जमा बृहत् सद्भाव र्‍याली निकालिएको हो ।र्‍याली आयोजना गर्ने सम्बन्धमा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट निर्णय गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै संघीय सांसद प्रदीप यादवले सामाजिक सद्भावलाई कायम राख्नु पर्नेमा जोड दिएका थिए । उनले धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाड्ने काम कसैले गर्न नहुने बताए ।वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेसँग वीरगन्जबासी सावधान छन् भन्ने सन्देश प्रवाहका र्‍याली निकालिएको बताए ।नेकपा एमाले पर्साका संयोजक विश्वम्भर शर्माले समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेलाई कानुनको दायराभित्र ल्याई कारबाही गरिनु पर्ने बताए ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारबाही गर्नुपर्ने बताए ।र्‍यालीमा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मिया, जनमत पार्टीका नेता शशिकपुर मियालगायत ठूलो जनसहभागितासमेत रहेको थियो ।

ताजा / भरखरै प्राप्त

Previous article
३२ किलो चरेशसहित क्षेत्रबहादुर पक्राउपर्सा — प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ छन् ।जिराभवानी गाउँपालिका–१ गम्हरियास्थित सडकखण्डमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा सूवर्णपुरबाट वीरगन्जतर्फ आउँदै गरेका श्रेष्ठलाई रोकेर खानतलासी गर्ने क्रममा मोटरसाइकलको पछाडि सिटबाट चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकलसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमार विक्रम थापाका अनुसार सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रतिप्याकेट ५ सय ग्रामका दरले ६४ प्याकेटमा जम्मा ३२ किलो चरेश फेला परेको थियो ।
Next article
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर जारीचाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए ।उनका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको छ ।विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न लागि प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ ।प्रवक्ता कडायतले केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले समेत आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी अब छिट्टै लागू गर्ने पनि बताए । उनले यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साविकभन्दा सुरक्षाकर्मीका सङ्ख्या बढाइने बताए । चाडबाडलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी अहोरात्र खटिने पनि उनले बताए । रासस
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles