Tuesday, October 22, 2024

कुशल मल्लले टी–२० आई क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

ताजा / भरखरै प्राप्त

हान्झाउ (चीन) । नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् ।चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भइरहेको खेलमा कुशल मल्लले ३४ बल खेल्दै ६ चौका र ९ छक्का मद्दतमा शतक पूरा गरेका थिए ।कुशल मल्ल नेपालका लागि टी-२० आईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी हुन् । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले टी-२०आईमा शतक प्रहार गरेका छन् ।
नेपालका लागि टी-२०आईमा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका छन् । यसअघिको व्यक्तिगत उच्च स्कोर दीपेन्द्र सिंहले बनाएका थिए । उनले नटआउट ११० रन बनाएका थिए ।

Previous article
असोज २०८०, ९ , गते – नेपाल अटो – मेकानिक्स ट्रेड युनियन गरूडा राैतहट द्वोरा आर्थिक सहयोग :- — — सराहनीय कार्य गर्नु भएकोमा धन्यवाद् :-नेपाल मोटरसाइकिल अटो मेकेनिक्स ट्रेंड यूनियन गरुडा नगर कमिटी द्वारा घाइते धर्मेंद्र साह ज्युलाई आज मोटरसाइकिल अटो मैकेनिक्स ट्रेंड गरुडा नगर कमिटी अध्यक्ष मेरो भाई मोहम्मद कलाम आजाद उर्फ कुर्बानको हात बाट रू ५१,००० हजार रूपया को सहयोग स्वरुप प्रदान गरुनु भएको छःत्यस्तै कार्यक्रममा सहभागी हुनु भएको मधेश प्रदेश सचिव मोटरसाइकिल अटो मैकेनिक्स ट्रेंड यूनियन का मुनि चौधरी , अध्यक्ष सहदेव प्रसाद कुशवाहा, गरुडा नगर उपाध्यक्ष शेख़ नेकमहम्द, सचिव राकेश प्रसाद कुशवाहा, कोषाध्यक्ष अध्यक्ष आदित्य चौरसिया, ज्यु लगायत सम्पुर्ण अटों मेकानिक्स ट्रेंड यूनियन सदस्य को उपस्थितिमा सहयोग स्वरुप ५१,०००, हजार को चेक प्रदान कार्यक्रम गर्नु भएकोमा, धन्यवाद ,!
Next article
असोज ५, २०८०शिक्षक आन्दोलनका सम्बन्धमानेपाल सरकारले संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक” लाई लिएर मुलुकभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्ष बीच भैरहेको वार्तालाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ ।विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको बर्षौ देखिका समस्याहरु समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण बिषयहरु समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन । साथै, विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरुको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ । यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन÷संशोधन गर्न पर्ने विषयहरु छन् ।संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठन–पाठन सुचारु हुने वार्तावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपिल गर्दछ ।मुलुकको समग्र समुन्नतिको मार्गप्रशस्त गर्ने प्रारम्भिक थलो विद्यालयहरु नै हुन् । विद्यालय शिक्षामा सम्पुर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेशालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु हामी सबैको दायित्व हो । यस दिशामा सबैको साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरुपको भुमिकाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक अपिल गर्दछ ।कृष्णप्रसाद पौडेलमुख्य सचिव
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles