Sunday, June 29, 2025

असोज, वीरगञ्ज । साहिब बाबाको १ सय २३ औँ अवतरण दिवसको अवसरमा वीरगञ्जमा विरुवा रोपिएको छ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको साहिब दरबारका जग्गामा विरुवा रोपिएको हो ।

ताजा / भरखरै प्राप्त

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विरुवा रोप्दै वातावरण संरक्षणसँगै वीरगञ्जलाई हराभरा बनाउनका लागि सबैले खाली ठाउँमा विरुवा रोप्नुपर्ने बताए । उनले आफ्नै कार्यकालमा महानगरलाई हराभरा र सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गर्दै महानगरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

साहिब बाबाको सन्देशलाई आत्मसाथ गर्नुपर्ने र समाजमा शान्त र भाइचारा बढाउनुपर्ने महानगर प्रमुख सिंहको भनाई छ । पछिल्लो समयमा धार्मिक साम्प्रदायिकता भड्काउने र उच्छृङ्खल गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक सहिष्णुता र सद्भावलाई कायम राख्नुपर्ने आवश्यकता औंल्याए ।

सो अवसरमा कटहर, निम्बु, मलेसियन, काउली बदाम, रोयल पाम लगायतका विभिन्न प्रजातीका विरुवा रोपिएको साहिब दरबार संस्थानका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । विरुवा रोपेर साहिब बाबाको अवतरण दिवस मनाइएको संस्थानका अध्यक्ष सहनीले बताए ।

जसपाका नेता प्रेमबाबु पटेल, महिला नेतृ रमिता माया गुप्ता, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, प्रेरणा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच साहिब दरबारको आयोजनामा वीरगञ्जमा स्त्री तथा प्रसुती रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । बुधबारदेखि वीरगञ्जको घण्टाघरस्थित डा. श्वेता गुप्ताको क्लिनिकमा सुरु भएको स्वास्थ्य शिविर शुक्रवार समापन हुँदैछ । दुई दिनसम्म चलेको शिविरमा अहिलेसम्म १ सय भन्दा धेरैले चेकजाँच गराइसकेका छन् ।

मधेश प्रदेश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles