Friday, March 14, 2025

२६ लाख मूल्य बराबरको अलैंची बरामद

ताजा / भरखरै प्राप्त

बारा प्रहरीले शंकास्पद २६ लाख मूल्य बराबरको अलैंची बोकेको गाडी नियन्त्रणमा लिएको छ ।नियमित चेक जाँचका क्रममा बुधबार दिउँसो २ बजे पथलैया चोकबाट अलैंचीसहितको गाडी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।लमजुङबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ७१०५ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्दा १३ सय किलो अलैंची बरामद भएको प्रहरीले जनाएको छ,!

Previous article
कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउमहोत्तरी । जिल्लाको सोनमा गाउँपालिका–५ खयरबनी चोकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई बुधबार बेलुकी प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।महतोको साथबाट पेस्तोलसहित १ राउण्ड गोली, २ थान किला उक्काउने रड , १ थान पेचकस र एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा महतोलाई पक्राउ गरिएको हो ।साथै बिआर ५५ ए २७२५ नम्बरको अर्का मोटरसाइकल चालक भने फरार रहेको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाइएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles