दुर्घटनामा परी १० जना शिक्षक घाइते भएका छन् । सिमसिम पानी परिरहेकाे बेला भ्यान बोहोरेटारको साँघुरो घुम्तीबाट अन्दाजी ३० मिटर तल खसेको छ । भ्यान चालक कमलामाई नगरपालिका- ८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई नियन्त्रणमा लिएकाे सिन्धुली प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, वडा नंं. ५ मा ४६ वर्षीया कमला घिमिरे, वडा नं. १ का ३४ वर्षीय मुकुन्द थापा र सोही ठाउँका ४१ वर्षीय भुवन थापा रहेका छन् । अन्यमा सोही नपा वडा नं. ४ की ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ का ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल, वडा नं. ६ कै ४० वर्षीय सरोज थापा घाइते भएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिका-१० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका–१० की ४० वर्षीया गार्की बस्नेत पनि घाइते भएका छन् । घाइतेहरुलाई अरु गाडीमा राखेर धुलिखेल अस्पताल ल्याइरहेको बताएका छन् । घाइते मुकुन्द थापाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । शिक्षक निरकुमार चालिसेकाे दुवै हात भाँच्चिएकाे बताइएकाे छ । साथै घाइते शिक्षिकामध्ये गार्की गर्भवती रहेकाे बताइएकाे छ ।
शिक्षा विधेयकमा आफूहरुको अधिकार विरुद्ध प्रावधान राखिएको भन्दै विरोधमा असोज ३ गतेदेखि राहत, पेन्सनबाट वञ्चित र बाल शिक्षाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् । सरकारले उनीहरुको मागबारे अझै मौन साँधेकोअवस्था छ ।
आज माइतीघर मण्डला–नयाँ बानेश्वर सडकमा शिक्षकहरुले ब्यानर, प्लेकार्डसहित विरोध प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म सडक नछाडने अडान उनीहरुको छ । अन्दोलनका लागि विभिन्न जिल्लाबाट काठमाडौं आउने क्रम जारी रहेको जानकारी नेपाल राहत शिक्षक केन्द्रीय समितिले दिएको छ ।
सवारी दुर्घटना
बाग्मती प्रदेश
