देशका विभिन्न ठाउँमा गौ (गाई) हत्या भइरहँदा पनि दोषीलाई कारवाही नगरेर सरकार मूक दर्शक बनेको भन्दै सरकारको ध्यानाकर्षणका लागि विरोध र्याली गर्न लागेको परिषद्ले जनाएको छ । गौ हत्यामा संलग्नलाई कारवाहीको माग परिषद्ले गरेको छ ।
मुलकुमा गाई राष्ट्रिय जनावरको रुपमा मानिएको छ भने, हिन्दू धर्मालम्बीहरुले गाईलाई माता मान्दै आएका छन् । गाई मात्र नभई गोरुलाई चाेटपटक पुर्याउन, मार्न संविधानले निषेध गरेको छ । त्यस्ता कार्य गर्नेलाई क्षतिपूर्ति भराउने र जेल सजाय समेत हुने व्यवस्था छ । धरान, खोटाङ लगायत जिल्लाका विभिन्न स्थानमा मुख्य गरी क्रिश्चियन धर्म मान्नेहरुले गोरु काटेर सामूहिक भोज खुवाउने र मासु भाग लगाउने घटना भएको मानिएको छ । भोजसहितका भिडियोहरु सामाजिक संजालमा आएपछि हिन्दू धर्मावलम्बीहरू जागरूक भएका छन् । भिडियाेका आधारमा प्रहरीले केही आरोपीलाई पक्राउ गरी अनुसन्धान समेत गरिरहेको छ ।
यसअघि गोरखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट लगायत जिल्लामा गाई मारेको अभियोगमा दर्जन मानिस जेल परेका छन् ।
समाज
button
