Sunday, June 29, 2025

नागरीक समाजसंग अन्तरक्रिया कार्यक्रम सम्पन्नबिराटनगर, । अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगंज काठमाण्डौका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीले नागरीक समाजसंग अन्तरक्रिया गर्नु भएको छ । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९” को निरीक्षणको क्रममा बिराटनगर पाल्नु भएका एआईजी भण्डारीले कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आज नागरीक समाजका ब्यक्तित्वहरुसंग अन्तरक्रिया गर्नु हुँदै सहभागीहरुबाट भएका बिबिध जिज्ञासा तथा गुनासोहरुलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा अन्य सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

ताजा / भरखरै प्राप्त

Previous article
एकै पटक नेपाल प्रहरीका १५१३ असईको सरुवा,प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । मंगलबार प्रधान कार्यालयले १ हजार ५१३ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको हो ।प्रहरी प्रधान कार्यालयको मावनश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाका अनुसार तलब भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको छ ।‘आवश्यकता अनुसार सरुवा गर्नु पर्ने भएकोले प्रचलित नियमानुसार तलब भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी निम्न दरबन्दीका प्रहरी सहायक निरीक्षकहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको बताइएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles