Tuesday, April 22, 2025

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । आज पार्टीको कोशी प्रदेश अधिवेशनको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पार्टीविरुद्धकाे घेराबन्दी ताेडेर राष्ट्रिय एकता कायम गराउन आवश्यक रहेको बताए ।

ताजा / भरखरै प्राप्त

उनले सम्बोधन क्रममा कोशी प्रदेश नेतृत्व सर्वसम्मत चयन गर्न सके राम्रो हुने बताए । उनले कतिपय कुरा नेताको इसाराले टुंगो लगाउने बताउँदै इसारामा ध्यान दिनुपर्ने बताए । प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा मुख्यप्रतिस्पर्धी छन् ।

उनले विरोधीले अधिवेशनमा चुनाव भयो भने मिलाउन सकेनछन्, सहमति भयो भने नेताले पेलेर प्रतिस्पर्धा हुनै दिएनन् भन्ने आरोप लागेको बताए । विरोधीहरुको कुरा नसुनेर पार्टीको विधि र विधानबमोजिम अधिवेशन सम्पन्न गर्न निर्देशन दिए ।

उनले एक प्रसंगमा वर्तमान गठबन्धन सरकार अपराधीलाई संरक्षण दिने र जनताका समस्यालाई बेवास्ता गर्ने सरकार भएको आरोप लगाए । यसमा गठबन्धनका मुख्य दल नेपाली कांग्रेसले सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्री प्रचण्ड संसद बैठक रोकेर लामो समय विदेश भ्रमणमा निस्कनु उचित नभएको टिप्प्णी गरे ।

राजनीति
एमाले
काेशी प्रदेश

Previous article
सर्वोच्चको परमादेश६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउकाठमाडौं । सर्वोच्च अदालतले ६ महिनाभित्र फेवाताल वरपर ६५ मिटरभित्रका सबै संरचना हटाउन परमादेश जारी गरेको छ । फेवातालमा विसं २०३२÷३३ सालको नापीपछि व्यक्तिको नाममा दर्ता भएका जग्गाको स्रेस्ता खारेज गरी तालको नाममा ल्याउन बाटो खुलेको छ । सर्वोच्च अदालतको असार ४ को फैसलाको मंगलबार आएको पूर्ण पाठले दूषित दर्ता गरिएको जग्गाको दर्ता स्वतः खारेजी हुने व्याख्या गरेको हो । सर्वोच्चले पोखरा महानगरपालिकासहित विपक्षीको नाममा जारी गरेको यस परमादेशको पूणर्पाठ सार्वजनिक भएको हो । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले गत असार ४ गते जारी गरेको परमादेशको पूर्णपाठ अहिले आएको हो।सर्वोच्चले तालको किनारबाट ६५ मिटरको मापदण्ड ६ महिनाभित्र लागु गर्न समेत आदेश दिएको छ । ६५ मिटर लागु गर्दा विसं ०३२÷३३ को नापीअघि दर्ता भएका जग्गाको मात्रै मुआब्जा दिनुपर्ने फैसलाको पूर्ण पाठमा उल्लेख छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles