मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ दैलेखका सलाम पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । शुक्रबार राति झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन । घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दालन गरेका छन् ।
बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु आन्दोलन सुरु गरेका हुन् । आन्दोलन उग्र बन्दै गएपछि अहिले वीरेन्द्रनगरमा विद्युत अवरुद्ध हुनाका साथै यातायातका साधनहरु सञ्चालनमा समस्या भइरहेको छ । आन्दोलका कारण वीरेन्द्रनगर बजार अशान्त छ । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताएका छन् । आक्रोशित भीड घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ
बालक मृत

