Tuesday, April 22, 2025

१३ , असोज, रौतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरि हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टारहरू पक्राउ परेका हुन । सो घटनाका बारेमा वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबै दोषि नरहेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। राति १२ बजेसम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।

अपराध
टिकटक

Previous article
Next article
सशस्त्र प्रहरीद्वारा १२० किलो गाँजा बरामदविराटनगर । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट १२० किलोग्राम गाँजा बरामद गरेको छ । गाँजासहित ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका १ चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट प्रहरीले उक्त परिमाणको लागुऔषध १२० किलोग्राम गाँजा बरामद गरेको हो । उक्त कार्यमा संलग्न ४ जना र संलग्नताको आशंकामा थप २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले उक्त गाँजा बरामद गरेको हो । भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाँजा फेला परेको हो । उक्त गाँजा भारत लैजाने तयारी रहेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत, अररिया बथनाहाका महमद सिराज (सवारी चालक), अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा नेपाली नागरिक सुनसरी देवानगञ्ज ५ का शिवम कुमार शाह रहेका छन् । यस्तै ओसारपसारमा संलग्न भएको आशंकामा भारत अररियाकै ओम प्रकाश रजक र सुनसरी देवानगंजका ओम प्रकाश शाह पनि पक्राउ परेका हुन् ।प्रहरीले निजहरुबाट लागुऔषध गाँजा बोकेको गाडीको स्कटिङमा प्रयोग भएको प्रदेश १–०२–०५० प ६३०४ नम्बरको रातो रंगको पल्सर मोटरसाईकल, नेपाली रुपैयाँ ८ हजार ५६० र भारतीय १ हजार ७४० रुपैयाँ, ६ थान मोवाइलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले बताएका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles