Monday, June 30, 2025

हुण्डीको १० लाख बरामद

ताजा / भरखरै प्राप्त

काठमाडौँ महानगरपालिका–२७ ठमेल स्थित ज्याठाबाट प्रहरीले अवैध हुण्डीको १० लाख रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् । ब.९१ प ९९५८ नम्बरको स्कुटरमा ज्याठाबाट सञ्चयकोषतर्फ जाँदै गरेका उनले स्कुटरको डिकीमा लुकाएको अवस्थामा प्रहरीले नगद बरामद गरेको हो । उनीमाथि कारबाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles