Monday, June 30, 2025

अन्तरक्रिया तथा समापन कार्यक्रम :-राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित “तालिम आवश्यकता पहिचान सम्बन्धी तालिम” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम मिति २०८०।०६।१४ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना सहितको निर्देशन दिनु भएको थियो ।उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक प्र.व.उ. मधुसूदन लुइँटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी. लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थितिमा तालिम संयोजक प्र.उ. भुवनेश्वर तिवारीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles