Tuesday, July 1, 2025

छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले चुनाको बखत विकासको ढोल बजाई कहिलेपनि नसक्किने गरि आफ्नो व्यक्तिगत विकास गरेका छन् । ‘साफ नियत, सही विकास’ भन्ने नारा सहित निर्वाचनमा विजयी भएदेखि अध्यक्ष गुप्ताले न कहिले साफ नियतसँग काम गरे, न कहिले सही विकास गरे ! विकास निर्माणको नाममा करोडांै रकम भ्रष्टाचार गरि वीरगंजको मुटु मानिने घण्टाघर नजिकै आलिसान होटल खडा गरेका छन् ।

ताजा / भरखरै प्राप्त

घण्टाघरदेखि १०० मिटर उत्तरपट्टिबाट पूर्वतर्फ जाने गल्लीमा आलिसान होटल खडा गरेका हुन् । शिवा आँखा हस्पिटल छेउमै अध्यक्ष गुप्ताले ५ तल्ले भवन निर्माण गरि होटल संचालन गर्न लागेको बताइएको छ । होटलको अहिलेसम्म नाम दिइएको छैन, तर निर्माण कार्य सम्पूणर् सकि सकेको छ । अध्यक्ष गुप्ताले विभिन्न कामको बहानामा गाउँपालिकाको करोडौं बजेट कुम्ल्याएर वीरगंजमा आलिसान होटल खडा गरेका हुन् । आफ्नो पूर्खयौली सम्पत्ति बढि रहेको भन्दै ढोल पिट्ने अध्यक्ष गुप्ताको भ्रष्टाचार विस्तारै छर्लङ्ग हुँदै गएको छ ।

गाउँपालिकाबासीमा विकास निर्माणको झुठो ढोल बजाई अध्यक्ष गुप्ता दोश्रो पटक गाउँपालिका प्रमुखमा विजयी भए । पहिलो पटकको ५ वर्षे कार्यकालमा खासै विकास निर्माण गर्न नसकेका गुप्ता दोश्रो कार्यकालमा कसरी गाउँपालिकाको बजेटलाई लुटेर आफ्नो निजी सम्पत्ति थुपार्न सकिन्छ भन्ने योजनामा तल्लिन छन् । जसको उदाहारण हामी पटक पटक प्रस्तुत गर्दै आएका छौं । कमिशनको लोभमा चन्दामा नै साढे १८ लाख बढि रकम कार्यकर्तालाई बाँडेर सिध्याएका छन् भने साढे ३५ लाख बढि रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालयको लेखा परीक्षकबाट अनुमति नै नलिई आसेपासेलाई बाँडेका छन् ।

गुप्ताले जति पनि पैसा बाँडेका छन्, सबैमा आधा कमिशन लिएको श्रोतले जनाएको छ । कमिशन विना केही खास व्यक्तिलाई लाखौं लाख रुपैयाँ कसरी दिए ? त्यसले पनि उनको कमिशनको कार्यलाई उदाङ्गो बनाएका छन् । दुई तीनजना कार्यकर्तालाई पर्वको नाममा साढे १८ लाख बढि रुपैयाँ बाँडेका छन्, जबकी पालिकामा हजारौं व्यक्तिहरु छन्, तर सीमित दुई तीनजनालाएई मात्रै किन पर्वको नाममा फजुल खर्च बढाइएको छ ? यसबाट पनि गाउँपालिका अध्यक्षको कमिशनको धन्दाको छर्लङ्ग भएको छ ।

त्यति मात्रै होइन, अध्यक्ष गुप्ताले केही मिडियालाई सूचना प्रकाशन बापत साढ ३५ लाख रुपैयाँ बाँडेका छन् । पर्सा जिल्लामा तीन सय भन्दा बढि पत्रपत्रिकाहरु छन्, तर दुई तीनजनालाई मात्रै लाखौं रकम दिएर कमिशन कुम्ल्याएको मिडिया श्रोतले जानकारी दिएको छ । अध्यक्ष गुप्ता कमिशन विना २० रुपैयाँको बिल पास गर्दैनन् तर आ.व. २०७८/०७९ मा एउटै मिडियालाई ५ लाख ६४ हजार रुपैयाँ, अर्कोलाई २ लाख ६१ हजार ३७५ रुपैयाँ भुक्तानी गराएका छन् । यसैगरि अर्कोलाई १ लाख रुपैयाँ भुक्तानी गराएका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले जारी गरेको लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाले पुरानो वर्षको भुक्तानी हुन बाँकी रकमलाई मलेप फारम नम्बर २२१ भरि आन्तरिक लेखापरीक्षकबाट प्रमाणित नगराई अर्को वर्ष खर्च गरेकोले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको भनेर बेरुजु देखाएको छ । आ.व. २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदनमा ‘नियम ३९ (१३) मा अघिल्लो आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी हुन बाँकी रहेमा मलेप फारम नम्बर २२१ (भुक्तानी हुन बाँकीको कच्चावारी) भरी आन्तरिक लेखा परीक्षकबाट प्रमाणित गराएर मात्र खर्च गर्नुपर्ने व्यवस्था छ । पालिकाले २०७७/०७८ मा निम्नानुसार खर्च रु ३५ लाख ६६ हजार ८२३ रुपैयाँ भुक्तानी हुन बाँकीको कच्चावारी संलग्न नगरी यो आ.व. २०७८/०७९ मा भुक्तानी दिइएको छ । भुक्तानी हुन बाँकीको कच्चावारी प्रमाणित गराएको छैन भने यस्तो खर्च गाउँसभाबाट पारित गराई खर्च गरेको छ । यस्तो कार्यमा नियन्त्रण हुनुपर्दछ’ भनेर उल्लेख गरिएको छ ।

यि त उदाहारण मात्रै हुन्, अध्यक्ष गुप्तालाई कमिशन दिए जस्तोसुकै मिडियाको नाममा लाखौं रकम पास गरिदिने गरेको बताइएको छ । तथ्याँकमा देखिएका मिडियाहरु वीरगंजमा खासै देखिदैनन् तर अध्यक्ष गुप्ताले कमिशनको लागि विभिन्न सूचना प्रकाशनको नाममा लाखौँ रकम बाँडेका हुन् । पर्सा जिल्लामा ३ सय भन्दा बढि पत्रपत्रिकाहरु दर्ता छन्, जसमा २५ देखि ३० वटा पत्रपत्रिका बजारमा हेर्न पाइन्छ तर अध्यक्ष गुप्ताले लाखौं भुक्तानी गरेको पत्रपत्रिका खाली गाउँपालिका अध्यक्ष गुप्ताको कार्यालयमा मात्रै हेर्न पाइन्छ ।

यसरी घुमाउरो पाराले अध्यक्ष गुप्ताले गाउँपालिकाको बजेटलाई लुटेर खोक्रो बनाई रहेका छन् । गाउँपालिकाबासीहरुलाई गुमराहमा राखी निर्वाचन जितेका अध्यक्ष गुप्ताले वीरगंजमा करोडौंको होटल खडा गरेकोले पनि उनको भ्रष्टाचारीलाई उजागर गरेको छ । उनको आयश्रोत कति हो ? र कहाँबाट यत्ति सम्पत्ति जोडि रहेका छन्, त्यसमा पनि कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गर्ने गरेको लेखा परीक्षण प्रतिवेदनबाट पनि अध्यक्ष गुप्ताले कम्बल ओढेर घ्यू पिउने गरेको पुष्टि हुन्छ । साभार।

Previous article
Next article
चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणपर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रामगढवाबाट असोज १४ गतेसशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोलत्ताकपडा र एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।भारतबाट अवैध रुपले ना. ४४ प ४१९३ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फल्याउँदै गरेको उक्त लत्ताकपडासहितको मोटरसाईकल सहित गण नंं. १३ पर्सालेनियन्त्रणमा लिएको हो ।यसैगरी सोही महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज १४ गते सशस्त्रप्रहरीले करीव १ लाख ७९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा रएउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।बा. २ प ४१०५ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडासहितको मोटरसाईकल प्रस्तावितसीमा सुरक्षा गुल्म बिरगंजले नियन्त्रणमा लिएको हो ।बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि बिरगंज भन्सारकार्यालय पर्सामा बुझाईएको छ ।लागूऔषध बरामदपर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका १ धोरे स्थित सीमा ईलाकाबाट असोज१४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।भारतबाट अवैध रुपले नेपालतर्फ आउँदै गरेको व्यक्तिले झोलामा बोकील्याउँदै गरेको फेनारगन १ सय २० एम्पुल, डाईजापाम १ सय २० एम्पुल र नोफिन१ सय २० एम्पुल लागूऔषध बिओपी पकहामैनपुरले बरामद गरेको हो । उक्तलागूऔषध ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाटदेख्नासाथ फरार भएका थिए ।बरामद लागूऔषध ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको छ ।चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमासप्तरी जिल्लाको विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले करीव ११ लाख ३५ हजाररुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट असोज १४ गते करीव ८ लाख रुपैयाँबराबरको चोरीपैठारीको रेडियो सेट ( Walkie Talkie) बरामद भएको छ ।भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको १ सय वटा PortableWalkie Talkie Hand Set सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्तालेबरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षाफौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागिल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।यसैगरी सोही बिओपीले छिन्नमस्ता गाउँपालिका ३ गोबिन्दपुरबाट असोज १३ गतेभन्सार छली ल्याउँदै गरेको १० हजार १ सय २५ रुपैयाँ बराबरको ३ बोरा मैदाबरामद गरेको हो ।त्यस्तै सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्ही स्थित सीमाईलाकाबाट असोज १२ गते करीव २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एकथान प्रिन्टर मेसीन र एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेकोप्रिन्टर मेसीनसहितको मोटरसाईकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।यसैगरी सोही जिल्लाकै डाक्नेश्वरी नगरपालिका ६ फत्तेपुरबाट असोज १३ गतेकरीव १ लाख रुपैयाँ बराबरको एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।सोही ठाउँमा रोकी राखेको उक्त मोटरसाईकलको कागजपत्र तथा नम्बर प्लेटसमेत नभएको पाईएपछि फरवाड सुरक्षा बेश कटैयाले नियन्त्रणमा लिएको हो ।बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सारकार्यालय बेल्ही तिलाठीमा बुझाईएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles