Sunday, June 29, 2025

मुकेश कुमार यादव

ताजा / भरखरै प्राप्त

१४ असोज, सिरहा । सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। सिरहाको गोलबजार नगरपालिका-९ मारुति सिमेन्ट उद्योग अगाडी राजविराजबाट जनकपुर जाँदै गरेको ना४ख ६१८७ नम्बरको बस शुक्रबार अपरान्ह दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ। घाइतेहरूको गोलबजार, मिर्चैया, चोहर्वाका निजी स्वास्थ्य संस्थाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

लङ्ग लाइफ अस्पतालमा ९ जना, भूमिजा अस्पतालमा १३ जना, रोजी मेडिकलहलमा दुई जना र मिर्चैयास्थित मंगलम अस्पतालमा दुई जना र लहानमा एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डले जानकारी दिए।

‘अहिलेसम्म सम्पर्कमा आएका २७ जना बिरामी भए पनि अझै घाइते हुनसक्छ, कतिपय बिरामीहरू एम्वुलेन्सले लगेर विभिन्न अस्पतालमा उपचार गराइरहेकाले विवरण प्राप्त भइरहेको छस सूचना अधिकारी पाण्डले भने। विग्रिएको बाटोमा अनियन्त्रीत भई बस पल्टिएको हुसक्ने अनुमान प्रहरीको रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Previous article
Next article
ट्राफिक प्रहरी स्वास्थ्य समस्याको जोखिममा छन् : महानिरीक्षक कुँवरप्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ट्राफिक प्रहरीहरु १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापनमा खटिँदा स्वास्थ्य जोखिम बढेको भन्दै जनस्तरबाटै सहयोगको आवश्यकता रहेको औंल्याएका छन् ।सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह कार्यक्रमलाई आइतबार राजधानीमा सम्बोधन गर्दै कुँवरले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधारण जनता तथा सरोकारवालाहरुको सद्भाव र सहयोग आवश्यक रहेको जनाए ।महानिरीक्षक कुँवर भन्छन्, ‘१८ सयभन्दा बढी जनशक्ति खटाउँदा पनि दैनिक १२-१४ घण्टा ट्राफिक प्रहरी सडकमा खटिनुपरेको छ । विभिन्न समयमा गरेको अध्ययनले उनीहरुमा स्वास्थ्य समस्याको उच्च जोखिम रहेको देखाएको छ ।’सडक दुर्घटनाका कारणहरु पहिल्याउनुपर्ने र त्यसका नियन्त्रणका उपायहरुसम्म पुगे क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।कुँवरले प्रहरीको दुई वर्षीय कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखिएको जानकारी दिए ।बढ्दो सहरीकरण, जनघनत्व, पूर्वाधार निर्माणको अभाव, यातायातका साधनको तीव्र वृद्धि नै सडक दुर्घटनाको मुख्य कारण रहेको महानिरीक्षक कुँवरको भनाइ छ ।आर्थिक वर्ष ०७९/८० मा १८ लाख बढी सवारीसाधन दर्ता भएको त्यसमध्ये १४ लाख सवारीसाधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने उनको भनाइ छ । काठमाडौं उपत्यकामा १३ सय १३ दरबन्दी रहे पनि १८ सय २२ जना जनशक्ति परिचालन गर्नुपरेको कुँवरको भनाइ छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles