यता झापाको बिर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा अग्रवाल समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

