Sunday, June 29, 2025

पर्वत । पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्ने क्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् ।

ताजा / भरखरै प्राप्त

यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित सहिद शुक्र आधारभूत विद्यालयमा । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको तीन वटा भवनमा आठ वटा कक्षाकोठा छन् । तीन शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा एक सहायक कर्मचारीसमेत रहेका छन् तर मा विद्यार्थी भने एक जना मात्र छ ।

कक्षा १ मा पढ्ने एक छात्राबाहेक विद्यार्थी नै छैनन् । तीन जना शिक्षकले दिनभर ति एउटी छात्रालाई रुघेर बस्नुपरेको छ । शिशुकक्षा, कक्षा २, ३, ४, ५ पूरै खाली रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए ।

कुनै समय २५÷३० जनासम्म एउटै कक्षामा विद्यार्थी भएकामा अहिले विद्यार्थी सङ्ख्या न्यून रहेको उनको भनाइ थियो । एक÷दुई जना विद्यार्थी भए पनि आफूहरु नियमित विद्यालय आउने, हाजिर गर्ने र पढाउने काम गरिरहेको प्रधानाध्यापक तिवारीले बताए । आफूहरु गुणस्तरीय शिक्षा दिन सक्षम भए पनि विद्यार्थी नै नआएपछि के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ थियो ।

वि.सं २०२६ मा स्थापना भएको यो विद्यालयमा विगत पाँच वर्षयता विद्यार्थीको खडेरी लागेको हो । कक्षा पाँचसम्म यो विद्यालयमा अध्ययन गर्ने र कक्षा ६ देखि सोही वडामा रहेको जनता सुदर्शन मावि वा त्रिभुवन आधारभूत विद्यालयमा जाने गरेको भए पनि विद्यार्थी नै नहुँदा विद्यालय नै सङ्कटमा पर्दै आएको कार्यालय सहयोगी नारायण गौतमले बताए ।

विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ, कतै विद्यालय नै खारेज हुने पो हो कि भन्ने सम्भावना बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर केसीले बताए । उनले भने, “स्कुलका भवन देखेर टिठ लाग्न थालेको छ । गाउँमा वृद्धवृद्धाबाहेक कोही पनि नहुँदा यस्तो समस्या आएको हो ।”

“गाउँमा रहेका अधिकांश घर खाली भइसकेका छन् । मान्छे भएका घरमा पनि वृद्धवृद्धाबाहेक कोही छैनन्”, अध्यक्ष केसीले भने, सदरमुकाम कुश्माबजारबाट एक घण्टा पैदल यात्रा र सवारीसाधनमा १५ मिनेटमै पुगिने यस विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।”

विद्यार्थी अभावमा शिक्षकले कार्यालयको कोठा र अर्को एक कक्षाकोठा मात्र खोलेर सञ्चालन गर्दै आएका छन् । बाँकी छ वटा कक्षाकोठाका कुर्ची, र बेञ्च मर्मतको अभावमा जीर्ण बन्दै गएका छन् । कक्षाकोठामै झार उम्रिन थालेको स्थानीयवासी रुद्र केसीले बताए ।

कुश्मा नगरपालिका–१२ का अध्यक्ष झलकप्रसाद रिमालले यो विद्यालय मात्र नभइ वडामा रहेका अन्य आधा दर्जन विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या न्यून रहेको बताए । गाउँबाट बढ्दो बसाइँसराइका कारण विद्यालय खाली हुँदै गएको उनको भनाइ थियो । विद्यार्थी नभएपछि साना बालबालिकाका लागि इसिडी कक्षा मात्र राखेर अन्य कक्षाकोठा मर्ज गर्नुपर्ने भएकाले यस विषयमा आफूले पहल गर्ने वडाध्यक्ष रिमालको भनाइ थियो ।

विद्यालय

Previous article
ट्राफिक प्रहरी स्वास्थ्य समस्याको जोखिममा छन् : महानिरीक्षक कुँवरप्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ट्राफिक प्रहरीहरु १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापनमा खटिँदा स्वास्थ्य जोखिम बढेको भन्दै जनस्तरबाटै सहयोगको आवश्यकता रहेको औंल्याएका छन् ।सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह कार्यक्रमलाई आइतबार राजधानीमा सम्बोधन गर्दै कुँवरले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधारण जनता तथा सरोकारवालाहरुको सद्भाव र सहयोग आवश्यक रहेको जनाए ।महानिरीक्षक कुँवर भन्छन्, ‘१८ सयभन्दा बढी जनशक्ति खटाउँदा पनि दैनिक १२-१४ घण्टा ट्राफिक प्रहरी सडकमा खटिनुपरेको छ । विभिन्न समयमा गरेको अध्ययनले उनीहरुमा स्वास्थ्य समस्याको उच्च जोखिम रहेको देखाएको छ ।’सडक दुर्घटनाका कारणहरु पहिल्याउनुपर्ने र त्यसका नियन्त्रणका उपायहरुसम्म पुगे क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।कुँवरले प्रहरीको दुई वर्षीय कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखिएको जानकारी दिए ।बढ्दो सहरीकरण, जनघनत्व, पूर्वाधार निर्माणको अभाव, यातायातका साधनको तीव्र वृद्धि नै सडक दुर्घटनाको मुख्य कारण रहेको महानिरीक्षक कुँवरको भनाइ छ ।आर्थिक वर्ष ०७९/८० मा १८ लाख बढी सवारीसाधन दर्ता भएको त्यसमध्ये १४ लाख सवारीसाधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने उनको भनाइ छ । काठमाडौं उपत्यकामा १३ सय १३ दरबन्दी रहे पनि १८ सय २२ जना जनशक्ति परिचालन गर्नुपरेको कुँवरको भनाइ छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles