Tuesday, July 1, 2025

१६ असोज, बझाङ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।

यस्तै बझाङमा मंगलबार दिउँसो गएका दुई ठूला भूकम्पपछि सडक अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिका–७, कचलीखोला भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

सडक खुलाउनका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको उनले बताए । तर, सानातिना धक्का महसुस भइरहेकाले तत्काल त्यसतर्फ जान नसकिएको उनको भनाइ छ । भूकम्पपछि अहिलेसम्म कुनै मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको उनले उल्लेख गरे ।

भौतिक र मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । सूचना संकलन गर्ने कार्य भइरहेको छ, उनले भने, “जयपृथ्वी नगरपालिका–७, कचलीखोलामा धुले पहिरो खसेर बाटो अवरुद्ध भएको छ । खुलाउने प्रयास जारी छ । सुरक्षा संयन्त्र स्ट्यान्डबाई छ । परकम्पहरू आइरहेकाले पहिरो हटाउन मुस्किल भइरहेको छ ।

भूकम्प

Previous article
नेपालगञ्जमा कर्फ्युसामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको छ । ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो ।बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles