Monday, June 30, 2025

सिक्किमको टिस्टा नदीमा आयो अचानक बाढी, २३ भारतीय सैनिक बेपत्ता

ताजा / भरखरै प्राप्त

एजेन्सी
गान्तोक, पूर्वोत्तर भारतीय राज्य सिकिम्ममा टिस्टा नदीमा अचानक ठूलो बाढी २३ जना भारतीय सैनिक बेपत्ता भएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो।चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ।ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्‍याएको छ।

टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ।साभार।

Previous article
धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपीलसरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपील गरेको छ ।सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुसम्बन्धमा खलल पुग्ने नगर्न नगराउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्‍याउने काम नगर्न पनि अनुरोध गरेको छ । साभार।
Next article
हुण्डी कारोबारमा पक्राउ परेका विरुद्ध १५ करोड बिगोसहित मुद्दा दायरसिरहा | संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९ बमोजिमको कसुरमा सोमवार मुद्दा दायर भएको हो । १७ का ४७ वर्षीय प्रेमकुमार यादव, ४४ वर्षका सञ्जीवकुमार साह, ४५ वर्षीय पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध मुदा दायर भएको हो । प्रेम र अरुण फरार रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।गत भदौ १५ गते भारतबाट नेपाल आइरहेको बेला सञ्जीव र पवनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू चढेको कारमा हुण्डी कारोबारको अवैध ४४ लाख रुपैयाँ पाइएपछि पक्राउ गरिएको हो । सो रकम पनि प्रहरीले बरामद गरेको थियो ।उनीहरू सिरहा– १७ कालीचौकबाट पक्राउ परेका थिए । साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles