Saturday, June 28, 2025

कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सम्भव छैन : माधव नेपालजनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सम्भव नभएको बताएका छन् ।जनकपुरमा आज (बुधबार) आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको शक्ति सन्तुलनमा कांग्रेस अपरिहार्य हुने बताएका हुन् । ‘यो सरकारलाई अगाडि बढाउनुपर्छ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि यो सरकार अगाडि बढाउने पक्षमा हुनुहुन्छ,’ अध्यक्ष नेपालले भने ।कार्यक्रममा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि भएको दाबी गरे ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles