Sunday, April 20, 2025

सुनको भाउ आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेर १ लाख ७ हजार ३०० रूपैयाँ कायम भएको छ ।

ताजा / भरखरै प्राप्त

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रूपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको ३०० रूपैयाँले बढेको थियो । बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रूपैयाँ कायम भएको थियो ।​​​​

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रूपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने लगातार दोस्रो दिन स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रूपैयाँ कायम रहेको छ ।

सुनचाँदी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles