Tuesday, October 22, 2024

सेनाको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्युनेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा एक स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जनाएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलका अनुसार घटनामा संलग्न ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।साभार।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
सशस्त्रका तालिमे सवारीसाधन रोकेर सर्वसाधारणलाई घण्टौं रोकेर दुख दिने चेकिङमापथलैया । राज्यले सशस्त्र प्रहरी बललाई राजमार्गमा सवारीसाधन रोकेर चेकजाँच गर्ने अधिकार दिएको छैन । चेकजाँच गर्नुपर्ने भए वा त्यस्ता शंकास्पद गतिविधि भएमा पनि नेपाल प्रहरीको अगुवाइमा चेकजाँच गर्नुपर्ने हुन्छ । तर कमजोर सरकार , गृह प्रशासन नबुझेका गृहमन्त्री र हामीले जे गरेपनि हुन्छ भन्ने सशस्त्र प्रहरीको सोचको कारण पनि होला अहिले सशस्त्र प्रहरीले राजमार्गमा चेकजाँचका नाममा खुलेयाम रकम असुली गर्ने काम भैरहेको छ। यसको उदाहरण बाराको पथलैंयामा खुलेयाम देख्न सकिन्छ ।पथलैंयामा सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालय रहेको छ। उक्त शिक्षालयमा प्रमुखको रूपमा एसपी नानी राम हुमागांई रहेका छन् । उक्त तालिम केन्द्र अगाडि मात्रै होइन पथलैंया चोक नजिकै सशस्त्र प्रहरीको दिनहुँ चेकजाँच रहेको हुन्छ । उक्त चेकजाँच गर्ने तालिमेहरू नै हुन्छन् । रातिको समयमा तालिमेले चेकजाँच गर्ने भएकोले होला झन्डै तीन किलोमिटर सम्म जाम हुने गर्दछ। यति अस्तव्यस्त हुन्छ कि मानौं देशमा फेरि सशस्त्र द्वन्द्व शुरू भएको छ ।त्यसैको लागि यो सबै चेकजाँच भएको हो । तर यो अवस्था पनि छैन तर पनि पथलैंयामा दिनहुँ सांझको समयमा किलोमिटरका किलोमिटर जाम गरेर सशस्त्र प्रहरीले अनावश्यक चेकजाँच गरेर सर्वसाधारणलाई दुख दिने काम गरेको छ। अधिकार नै नभएको अधिकार प्रयोग गरेर सर्वसाधारणलाई घण्टौं रोकेर दुख दिने काम सशस्त्र प्रहरीले गरिरहेको छ । एसपी नानी राम हुमांगाईले घुमुवाको रूपमा बरिष्ठ हवल्दार गणेश पन्त परिचालन गरेका छन् । घुमुवा पन्त यसअघि बारा र पर्साका धेरै बिओपी र बेशमा घुमुवा भएर परिचालन भएका बदनाम भएका प्रहरी हुन । उनले घुमुवा हुदां धेरै व्यापारी र तस्करहरूलाई चिनेको कारण पनि अहिले शिक्षालयको घुमुवा भए पनि गणको घुमुवा झैं रकम असुुली गरिरहेका छन् । एसपी हुमागांईले यिनै बदनाम गणेश पन्तलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । सर्वसाधारण घण्टौं जाममा परेर धेरै पटक बिरोध भए पनि सशस्त्र प्रहरीको यो गैरकानुनी चेंकिङ भने रोकिएको छैन ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles