Monday, June 30, 2025

इजरायलमा रहेका नेपाली भन्छन्– सरकारले चाँडोभन्दा चाँडो उद्धार गरोस्इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलमा काम गर्न गएका नेपाली विद्यार्थीहरु नेपाल फर्किन चाहेका छन् ।अहिले पनि विभिन्न ठाउँमा मिसाइलहरु आक्रमण भैरहेकाले सरकारले चाँडै उद्धार गरेर स्वदेश फर्काइदेओस् भन्ने उनीहरुको माग छ ।स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेबाट नै इजरायल माथि प्यालेस्टाइनी विद्रोही समूहले आक्रमण सुरु गरेको कृषि अध्ययन र कामका लागि गएका नेपाली विद्यार्थी सुरज भण्डारीले बताए ।परराष्ट्र मन्त्रालयका अनुसार घटनामा १४ जना नेपाली काम गर्ने एक कृषि फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएका र तीमध्ये दई जनाको अवस्था गम्भीर छ । एग्रिकल्चरको किवुज कम्युनिटीमा काम गर्ने विद्यार्थी घाइते भएको जनाइएको छ ।

ताजा / भरखरै प्राप्त

घटनास्थलबाट करीब ३० किलोमिटर पर रहेको सोरासिम नर्सरी फार्ममा काम गर्ने चितवन भरतपुरका युदिन ढकालले आफूहरु अहिले पनि बंकरमा नै बसिरहेको बताए । उनको फार्ममा काम गर्ने १८ जना नेपाली बंकरमा नै बसिरहेको र अहिलेसम्म कसैले पनि सहयोग नगरेको गुनासो गरे । ‘हाम्रो उद्धार कतिबेला होला भनेर पखाईमा छौं’ अनलाइनखबरसँग कुराकानी गर्दै युदिनले भने, ‘हामीले आफूले ल्याएको केही खानेकुरा खायौं ।’
घटना भएको स्थल नजिकै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुसमेत परेको जानकारी आएको भण्डारीले बताए ।चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान तथा पशु चिकित्सा र वन संकायमा अध्ययन गर्ने विद्यार्थीहरु इजरायल गएका छन् । कृषि विश्वविद्यालयबाट १ महिना अगाडि तथा त्रिवि र सुदूरपश्चिम विश्वविद्यालयबाट २५ दिन अगाडि मात्रै विद्यार्थीहरु पढ्दै काम गर्न भनेर इजरायल गएका हुन् ।
उनीहरु हप्तामा एक दिन पढाइ र बाँकी दिन काम गर्ने गरी नेपालबाट इजरायल गएका थिए । विद्यार्थीहरुलाई विभिन्न फार्ममा बाँडेर ५ जनादेखि ३४ जनासम्मलाई राखेर काममा लगाइएको थियो ।
इजिप्ट नजिकैको सीमा क्षेत्रमा केही सुरक्षित जस्तो भए पनि बाँकी ठाउँमा कहाँ, कतिबेला, के हुन्छ भन्न सक्ने अवस्था नरहेको भण्डारीले बताए ।
उनका अनुसार गाजापट्टी नजिकै क्षेत्रमा रहेका फार्ममा काम गर्नेहरु बढी जोखिममा छन् । ‘हामीहरु अहिले दूतावासको सम्पर्कमा छौं’ भण्डारीले भने, ‘तर कतिपय साथीहरु बंकरमा नै बसेको र कोही घाइते भएकाले यकिन अवस्था छैन ।’
उनले आफूहरु केही सिक्न र केही काम गर्नका लागि इजरायल आएको तर दुई देशबीचको लडाइँको चपेटामा परिने खतरा भएकाले स्वदेश फर्किन चाहेको बताए । ‘सबै विद्यार्थीहरु त्रसित र भयभित भएको अवस्था छ, आफूसँग भविष्य नभएर आएको हैन’ भण्डारीले भने, ‘चाँडोभन्दा चाँडो स्वदेश फर्किन चाहन्छौं ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles