Sunday, June 29, 2025

परराष्ट्रमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, इजरायलमा रहेका नेपालीको सुरक्षाबारे छलफल:-

ताजा / भरखरै प्राप्त

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।आइतबार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् ।
छलफलका क्रममा उनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी गरेको मन्त्रालयले जनाएको छ ।जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाए ।उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूति प्रति सरकारलाई धन्यवादसमेत दिए ।

Previous article
काठमाडौं महानगरले मापदण्डभन्दा बढी वायु प्रदूषण गर्ने सवारी साधनलाई कारबाही गर्ने। काठमाडौं महानगरपालिकाले अबदेखि सवारी साधनको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्नेलाई कारबाही गर्ने भएको छ ।महानगरपालिकाले आज (आइतबार) सवारी साधानबाट उत्सर्जन हुने वायु प्रदूषणसम्बन्धी एक सूचना जारी गर्दै महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५२ को उपदफा ४ मा व्यवस्था अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाई तीन लाख रुपैयाँसम्म जरिवाना गरी दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ ।साथै सूचनामा भनिएको छ, ‘…दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’साथै महानगरले सर्वसाधारणलाई काठमाडौं महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट जथाभावी धुँवाजन्य प्रदूषण उत्सर्जन भएका सवारी साधनहरुको बारेमा प्रमाणसहितको सूचना महानगरपालिकालाई जानकारी गराउन आग्रह गरेको छ ।महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट सरकारले तोकेको मापदण्डभन्दा बढी धुँवाजन्य प्रदूषण उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको जनाउँदै महानगरले सडकमा सञ्चालन भइरहेको सवारी साधनको धुँवा निष्कासनको अत्यन्तै दयनीय अवस्था देखिन आएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles