Sunday, June 29, 2025

प्रधान सेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान

ताजा / भरखरै प्राप्त

प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान गरेका छन् ।बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने छन् ।
बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग शिष्टाचार भेटघाको पनि कार्यक्रम रहेको छ । उनले बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डर पनि भेटवार्ता हुनेछ ।प्रधान सेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् ।शर्मा भ्रमण गएपछि प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।प्रधान सेनापति शर्मा २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ ।

Previous article
Next article
काठमाडौं महानगरले मापदण्डभन्दा बढी वायु प्रदूषण गर्ने सवारी साधनलाई कारबाही गर्ने। काठमाडौं महानगरपालिकाले अबदेखि सवारी साधनको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्नेलाई कारबाही गर्ने भएको छ ।महानगरपालिकाले आज (आइतबार) सवारी साधानबाट उत्सर्जन हुने वायु प्रदूषणसम्बन्धी एक सूचना जारी गर्दै महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५२ को उपदफा ४ मा व्यवस्था अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाई तीन लाख रुपैयाँसम्म जरिवाना गरी दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ ।साथै सूचनामा भनिएको छ, ‘…दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’साथै महानगरले सर्वसाधारणलाई काठमाडौं महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट जथाभावी धुँवाजन्य प्रदूषण उत्सर्जन भएका सवारी साधनहरुको बारेमा प्रमाणसहितको सूचना महानगरपालिकालाई जानकारी गराउन आग्रह गरेको छ ।महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट सरकारले तोकेको मापदण्डभन्दा बढी धुँवाजन्य प्रदूषण उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको जनाउँदै महानगरले सडकमा सञ्चालन भइरहेको सवारी साधनको धुँवा निष्कासनको अत्यन्तै दयनीय अवस्था देखिन आएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles