Sunday, June 29, 2025

प्रहरीको चाडपर्वमा सुरक्षा योजना : गस्तीदेखि ड्रोनबाट निगरानीसम्म

ताजा / भरखरै प्राप्त

काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर उपत्यकामा ७ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गर्ने भएको छ ।दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वका लागि काठमाडौं, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट संयुक्त रुपमा सुरक्षा योजना तयार पारिएको हो ।प्रविधिसमेतको उच्चतम प्रयोग गरी प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गर्ने र शान्ति, सुरक्षा, अमय चयन कायम गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्‍ठ उपरीक्षक तथा प्रवक्ता दिनेश राज मैनाली जानकारी दिए ।
चाडबाडभरि ३ वटै जिल्लाहरुमा पैदल गस्ती गर्नेसहित मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाक थ्रो गेटसहित ड्रोन निगरानीसम्मको योजना रहेको उनले बताए ।बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर–गहनाको कारोबार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने प्रहरीले बताएको छ ।
मल, मार्टहरु र मुख्य–मुख्य नाकाहरुमा आधुनिक प्रविधिका तालीमप्राप्‍त कुकुरबाट चेकजाँच गर्ने योजना समेत छ ।उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गर्ने योजना समेत छ । सवारी टिकटको कालो बजारी रोक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापन गर्ने, छतमा यात्रु र सामान राख्न नदिने लगायतका कामा प्ररहीले विशेष ध्यान दिने जनाएके छ ।‘अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामो दूरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने र तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउनेछौं,’ प्रहरीले भनेको छ । यस्ता कार्यका लागि १८०० जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।
कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न प्ररहीले अनुरोध गरेको छ । साथै अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने र नगद, बहुमूल्य सामान, गर गहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसलबाहिर जानुपरे घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न र सकेसम्म साइरन जडित ताल्चा जोड्न प्रहरीले आग्रह गरेको छ । लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्न पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न र लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल नखेल्न पनि प्रहरीले अनुरोध गरेको छ ।

Previous article
सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन गर्नेसशस्त्र प्रहरी बलले दसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा सञ्चालन गर्ने भएको छ । चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो ।सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौँ, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
Next article
सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापनतालिममा प्रहरीनिरीक्षक रोशन घिमिरे सर्वप्रथम भएसम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामाराष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालितसि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्नभएको छ ।दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री दाहालकोसम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पणगर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए ।सम्माननीय प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरीनिरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुकासाथै कवाज, शारीरिकसहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कारप्रदान गर्नुभयो ।उहाँले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्रसंगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमाप्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै राज्यले सुम्पेकोजिम्मेवारीलाई उच्च व्यावसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वकनिर्वाह गर्न निर्देशन दिनुभयो ।सम्माननीय प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकता रक्षार्थप्रतिकूल मौसम, भौगोलिक विकटता तथा सिमित स्रोतसाधनको बावजुद पनि सशस्त्रप्रहरीले गरेको उच्चस्तरको कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसागर्नुहुँदै आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण रन्यूनिकरण, राजश्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाकोमूलभुत पक्षहरुमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।उहाँले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थपविशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिबृद्धि,साधनश्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वूपर्ण पक्षभएको बताउनुहुँदै संगठनलाई आधुनीकरण र व्यवसायिक सुरक्षा निकायका रुपमाथप विकसित गर्ने कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।उहाँले तालिम समापन पश्चात दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएकाअधिकृतहरुप्रति राज्यले ठूलो आशा र भरोसा राखेको हुँदा जिम्मेवारीकाक्षेत्रहरुमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन रगैह्र व्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवंव्यवहारिक ज्ञानलाई जनताको सेवा तथा सुरक्षामा इमान्दारितापूर्वक लागुगर्न निर्देशन समेत दिनुभयो ।समारोहमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलेसशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोह अवरोहलाई पारगर्दै कार्यक्षेत्रमा आईपरेका सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै राज्य रजनचाहना अनुरुपको सेवा र सुरक्षामा दर्विलो सुरक्षा निकायको रुपमाआपूmलाई परिचित गराउँदै आएको बताउनुभयो ।सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउनअन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बोर्डर आउट पोष्टहरु (बिओपी)कोस्थापना तथा मौजुदा रहेका बिओपीहरुको समेत स्तरबृद्धि र प्रविधिमैत्रीबनाउँदै लगिने बताउनुहुँदै माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीश्रेष्ठले भन्नुभयो–‘दिर्घकालिन महत्वको उपलब्धीका लागि गृहमन्त्रालयमाआएका योजना तथा समस्याहरुलाई समाधान गर्न आवश्यकताको पहिचान गरीप्राथमिकताकासाथ अगाडी बढाउन मन्त्रालयको सदैव सकारात्मक र रचनात्मकभूमिका रहनेछ ।’
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles