Tuesday, July 1, 2025

बझाङमा भूकम्प गएको ५ दिनसम्म पनि नागरिकलाई ढुक्क सँग घर भित्र बस्ने वातावरण बन्न सकेको छैन ।भुकम्पले चर्काएका घर र त्यसैमाथि छिनछिनमा गइरहने पराकम्पनका कारण नागरिकलाई घर भित्र गएर ढुक्कसँग बस्ने आँट अझै नपलाएको हो ।

ताजा / भरखरै प्राप्त

खुला आकास मुनि बस्दा नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न थालेको छ । ‘चिसो बढी सकेको छ,’ बझाङको जयपृथ्बी नगरपालिका–३ का अनिल सिंहले भने, ‘घर चर्केका कारण भित्र बस्न सकिएको छैन, बाहिर बस्दा स्वास्थ्य अवस्था कमजोर बनिरहेको छ ।’

मंगलबार देखि खुला आकाश मुनि बस्दै आएका नागरिक शनिबारसम्म पनि घर भित्र पस्न नसकेका उनले बताए । ‘अहिले पनि पटक–पटक पराकम्पन आएजस्तो अनुभुति भइरहन्छ,’ उनले भने, ‘त्यसैपनि डराएका नागरिक भित्र पस्न सक्ने कुरै भएन ।’ उनका अनुसार अधिकांश घरहरू भूकम्पले चर्किएको र निरन्तर परकम्पहरू आइरहेका कारण स्थानीयहरू घरभित्र सुत्न डराइरहेका छन ।घरभित्र सुत्न त के प्रवेश गर्न समेत स्थानीयलाई त्रास भइरहेको हो । रातभर चिसो भुइँ र खुला आकाशमा सुत्नु परेका कारण बालबालिका र वृद्धवृद्धाहरू चिसो लागेर बिरामी हुन थालेका छन् ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि बुधबार ५ बजेसम्म बझाङ सदरमुकाम र आसपासका ठाउँलाई केन्द्र बनाएर २ सय ३४ परकम्पहरू गएका छन् । यसबीचमा एक पटक ६ दशमलव ३ म्याग्निच्युड, चार पटक ५ म्याग्निच्युडभन्दा माथि र सात पटक चार म्याग्निच्युडभन्दा माथिको भूकम्प गएको र अन्य परकम्पहरू चार म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ । त्यस यता शनिबार सम्म बझाङमा तीन सय भन्दा बढी पराकम्पन गएका छन् ।

लगातार गइरहेको परकम्पका कारण जोखिम बढेको भन्दै बझाङमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएका छन् । मंगलबार आएको भूकम्पसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी जयपृथ्वी नगरपालिका–११ की महिला स्वयंसेविका गुनमती धामीको शव बुधबार फेला परेको थियो । शवको केही टुक्रा पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो ।

मंगलबार दिउँसो दुई बजेर ४१ मिनेटमा तल्कोट तथा ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रविन्दु बनाएर गएको भुकम्पका कारण बझाङ जिल्लामा ६२ वटा भन्दा बढी घरहरुरु पुर्ण रुपमा भत्केको जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्कले देखाएको छ । तर आंशिक रुपमा चर्केका घरहरुको संख्या भने अझैपनि एकिन भएको छैन ।

भुकम्पका कारण जिल्लाका अधिकांस घरहरु चर्केका कारण कति क्षति भयो भन्ने बारेमा एकिन तथ्याङ्क संकलन गर्ननै समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए । ‘भुकम्पका कारण थोरै नचर्केको कुनै पनि घर छैन,’ शाहले भने, ‘कस्लाई क्षति ग्रस्त मान्ने अनि कस्ला नमान्ने भन्ने अन्यौलताका कारण हामिले विवरण लगेका छैनौं, जिल्ला विपद व्यवस्थापन समितिले प्राविधिक कर्मचारी सहितको छानबिन समिति बनाएको छ,’ सो समितिले अध्ययन गरेपछि मात्रै आंशिक चर्केका घरहरूको विवरण आउन सक्दछ ।’

बझाङमा भुकम्पबाट क्षति भएका संरचनाको अध्ययन गर्न जिल्ला विपद् व्यवस्थापन समितिले प्राविधिक कर्मचारी सहितको टोली बनाएको छ । सो टोलीले स्थानीय पालिकाका जनप्रतिनिधिको रोहबरमा घरहरुको अवलोकन गरी कुन घर मर्मत गर्नुपर्ने र कुन घर राम्रो छ ? भन्ने अध्ययन गर्ने भएको छ ।

भुकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्ण रुपमा क्षति भएका घरहरू मर्मत गर्नका लागि प्रति परिवार ५० हजार रुपैंया दिने घोषणा गरेका थिए । प्रभावित क्षेत्रको सुदूरपशिचम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीले पनि अवलोकन गरेका छन् ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
सिक्किम बाढीमा अहिलेसम्म ४१ को मृत्यु, १०३ जना बेपत्ता

Previous article
Next article
वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन घट्दैवीरगञ्ज । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमा घट्दै गएको छ ।चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ ।चालु आवको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा ३ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ कम राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।उनका अनुसार भदौका लागि विभागले १९ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा १२ अर्ब ७१ करोड रुपैयाँ मात्र संकलन भएको छ ।भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट संकलन हुने राजस्व घट्दै गएको ढकालले बताए ।उनले मुख्य २० वस्तुबाट संकलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम संकलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको जानकारी दिए ।वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व संकलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको बताए ।उनले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट संकलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट संकलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताए ।रासस।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles