Monday, June 30, 2025

बारामा भयानक दुर्घटना, एकको मृत्यु????

ताजा / भरखरै प्राप्त

बारा । बाराको निजगढमा भयानक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल ग्यारेजमा काम गर्ने मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् ।निजगढ बुद्दचोक छेउ लच्का नजिकको श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना६३प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्युु भएको हो । उनि कोल्हबी नगरपालिका ३ जुगवा निवाशि हुन ।बसले ठक्कर दिएपछी चौधरीले चलाएको मोटरसाइकल ना३स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन पुगेको थियो ।मोटरसाइकलले ठक्कर दिएपछी अनियन्त्रित भएको उक्त इरिक्सा प्र २–०३–००१ ह १०६६ नम्बरको अटोसंग ठोक्किएको थियो।
रिक्साको ठक्करबाट अटो चालक निजगढ १२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।प्रहरीले बस र बस चालक सिरहा १२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles