Monday, June 30, 2025

वीरगंज, असोज २१ । चाडपर्वको बेलाम सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीको संरक्षणमा ठुलो मात्रामा तस्करीको लाईन खुल्ला भएको छ।सिमानाकाको मुख्य जिम्मवारी पाएको सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी नाकाबाट व्यापक रुपमा तस्करी शुरु भएको हो।

ताजा / भरखरै प्राप्त

पर्साको अमरपर्टीनाकाबाट बिओपीको संरक्षणमा लत्ताकपडा , कबाड, हार्डवेयर, भैसी, रजनिगंन्धा, धान, गहुँ, कुखुराको चल्ला लगायतको तस्करी व्यापक रुपमा शुरु भएको नाम नखुलाउने सर्तमा एक स्थानीय युवकले बताएका छन।

अमरपर्टी नाकाबाट ठुलो मात्रामा पिकप र ट्याक्टरबाट संजयको कबाड नेपालबाट भारत भित्राउने गर्छन भने भारतबाट सोही पिकपमा काजु, लत्ताकपडा नेपालमा भित्राउने गरेका छन।यसरी नै रुपेश नामको व्यापारीले रजनिगंधा,परागको ४ वटा मोटरसाइकलको लाईन पाएको छ भन्ने अनुपको ५ वटा मोटरसाइकलमा कुखुराको चल्ला र टुन्नु ट्याक्टरबाट धान र संदिपले ठुलो मात्रामा प्याजको तस्करीको लाईन पाएका छन् ।

सशस्त्र प्रहरी बल हेडक्वाटरले कुनै किसिमको सादा पोसाकमा खटिने घुमुवालाई खटाउन रोक लगाएपनि सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले हेडक्वाटरको निर्देशन विपरीत दुई जना घुमुवा परिचालन गरि उनीहरू मार्फत रकम बुझि अमरपर्टीनाकाबाट तस्करीको लाईन दिएको नाम नछाप्ने सर्तमा एक तस्करले बताएका छन ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्याले सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशन विपरीत २ जना घुमुवा परिचालन गरि तस्करीको लाईन खुलाएको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बल हेडक्वाटरका प्रमुख एवम सशस्त्र प्रहरीका आईजिपी राजु आर्यालले कुनैपनि मातहतले कुनै किसिमको घुमुवा परिचालन नगर्ने निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्याको बिश्वासिलो पात्रहरू हवल्दार घनश्याम परियार र सहायक राजाराम पेटल घुमुवा परिचालन गरि विभिन्न नाकाहरुबाट व्यापकरुपमा तस्करी गराउदै आएका छन।

सशस्त्र प्रहरीका यी दुवैजनाको दरबन्दी अरु जिल्ला रहेपनि उनी माथिल्लो तहको पहुचको कारणले १३ नम्बर गणमा काजमा बसि एसपीको बिश्वासिलो पात्र भई तस्करहरुमा डर धाक देखाई रकम असुल्दै आतंक मच्चाइरहेका छन्। पर्सा जिल्लामा सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक करोडौं रुपैया भन्दा बढीको अबैध सामानहरु भन्सार छलि गरी तस्करहरुले ओसार पसार गरीरहेका छन्।

सशस्त्र प्रहरीको संरक्षणमा पर्सा जिल्लाको विभिन्न नाकाहरुबाट भित्राएको सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले तस्करीमा कडाई गरि सामानहरु धमाधम पक्राउ गर्दै आएपनि सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक किसन कार्मचार्याका दुवै घुमुवाको कारण तस्करीमा केही कमि आएको छैन् ।

सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशन विपरीत सशस्त्र प्रहरी बल १३ नम्बर गणले घुमुवा परिचालन गरि तस्करहरु संग रकम असुली गरि सशस्त्र प्रहरीका आईजिपी राजु आर्यल र मधेश प्रदेश डिआईजि दिपेन्द्र शाहको नाऊमा १३ नम्बर गणका घुमुवाद्वारा तस्करहरुसँग चाडपर्वको नाऊमा रकम असुल्दै आइरहेकोले सम्बन्धित पक्षको समयमै ध्यान जाओस् । साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles