Tuesday, July 1, 2025

सरकारले आजदेखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गरेको छ । काठमाडौं उपत्यकामा रहेका ८ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरीमा ३५ स्थानमा बिक्रीस्थल राखिने छ । जसअनुसार काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत पसल राखिने भएको छ ।

ताजा / भरखरै प्राप्त

यसैगरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सचिवालय सदस्य मनहरी तिमल्सिनाले जानकारी दिएका छन ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले हालै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको थियो भने साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाइएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने गरी सस्तो पसल सञ्चालनमा ल्याउन लागिएको हो ।

सस्तो पसल

Previous article
वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन घट्दैवीरगञ्ज । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमा घट्दै गएको छ ।चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ ।चालु आवको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा ३ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ कम राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।उनका अनुसार भदौका लागि विभागले १९ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा १२ अर्ब ७१ करोड रुपैयाँ मात्र संकलन भएको छ ।भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट संकलन हुने राजस्व घट्दै गएको ढकालले बताए ।उनले मुख्य २० वस्तुबाट संकलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम संकलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको जानकारी दिए ।वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व संकलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको बताए ।उनले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट संकलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट संकलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताए ।रासस।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles