Sunday, June 29, 2025

२१ असाेज, वीरगञ्ज । वीरगञ्जको छपकैयामा गत शुक्रबार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरि , पुनमदेवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरेको हो ।

ताजा / भरखरै प्राप्त

वीरगञ्ज १ छपकैयाकै गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी सर्राफ, गत शुक्रबार बिहान आफनै घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेकोमा उपचारका क्रममा उनको त्यहि दिन बिहान ७:३० बजे मृत्यु भएको थियो ।

पक्राउ परेका इमरानले पुनमदेवीको हत्या आफैंले गरेको स्ववीकार गरिसकेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बतााए । उनले लागुपदार्थको दुर्व्यसनसमेत रहेको अनुसन्धानका क्रममा खुलेको शाहले जानकारी दिए ।

शाहका अनुसार , गत शुक्रबार बिहान ३ बजेतिर चोरी गर्ने उदेश्यले इमरान पुनमदेवीको घरको झयालबाट छतमा चढेर सिढिंघर हुँदै पुनमदेवी सुतेको कोठाभित्र पसेका थिए । घरमा एक्लै रहेकी पुनमदेवी उठेर जितीया पर्वको तयारीमा लागेकै बेला इमरानको उनिसंग जम्काभेट भएपछि दुवैजनाबीच घम्साघम्सीमा भएको थियो । त्यस क्रममा इमरानले फलामको मोटो रडले पुनमदेवीको टाँउकोमा चार पटक हानेर रक्ताम्मे बनाएपछि घरको मूल ढोकाबाट बाहिर निस्किएर ढोकामा बाहिरबाट चुकुल लगाएर भागेका थिए ।

घटना भएकाे दिन बिहान ३ : ३० बजेतिर जिउतीया पर्वका लागि पुनमदेवीकी दिदी बहिनीको घरमा पुग्दा सुत्ने ओछ्यानमा पुनमदेवी रक्ताम्मे भई अचेत अवस्थामा फेला परेपछि छिमेकीलाई खबर गरेकी थिइन् ।सुरुमा नारायणी अस्पतालमा प्राथमिक उपचार गरी नेशनल मेडिकल कलेजमा भर्ना गरिएकी पुनमदेवीको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिबार मृतक पुनमदेवीले ब्युटिपार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर हत्यामा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको प्रहरी उपरक्षिक शाहले पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ परेका इमरानलार्ई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको शाहले बताए ।

अपराध।

Previous article
Next article
सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन गर्नेसशस्त्र प्रहरी बलले दसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा सञ्चालन गर्ने भएको छ । चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो ।सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौँ, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles