Monday, June 30, 2025

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान:-

ताजा / भरखरै प्राप्त

जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए ।मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ ।मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पतीले भागेर ज्यान बचाएको बताएका छन् ।

Previous article
इजरायलमा रहेका नेपाली भन्छन्– सरकारले चाँडोभन्दा चाँडो उद्धार गरोस्इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलमा काम गर्न गएका नेपाली विद्यार्थीहरु नेपाल फर्किन चाहेका छन् ।अहिले पनि विभिन्न ठाउँमा मिसाइलहरु आक्रमण भैरहेकाले सरकारले चाँडै उद्धार गरेर स्वदेश फर्काइदेओस् भन्ने उनीहरुको माग छ ।स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेबाट नै इजरायल माथि प्यालेस्टाइनी विद्रोही समूहले आक्रमण सुरु गरेको कृषि अध्ययन र कामका लागि गएका नेपाली विद्यार्थी सुरज भण्डारीले बताए ।परराष्ट्र मन्त्रालयका अनुसार घटनामा १४ जना नेपाली काम गर्ने एक कृषि फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएका र तीमध्ये दई जनाको अवस्था गम्भीर छ । एग्रिकल्चरको किवुज कम्युनिटीमा काम गर्ने विद्यार्थी घाइते भएको जनाइएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles