Monday, June 30, 2025

लागूऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न:–

ताजा / भरखरै प्राप्त

 मोर्डन बोर्डिङ सेकेण्डरी स्कुल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कटुञ्जे भक्तपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम भक्तपुर नगरपालिका ०१ सृजनानगरमा सम्पन्न भएको छ ।       कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।
  आधुनिक समाजमा आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी ठगीका घटनाहरू बढेकोमा सो मध्ये सामाजिक संञ्जालको प्रयोग गरी ठगीको घटनाहरू अत्याधिक वृद्दी भएकाले सामाजिक संञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।
 कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक चक्रराज जोसीले लागुऔषधको बारेमा प्रशिक्षण गर्नुहुदै लागुऔषध दुर्व्यसनमा नलाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका सभापति मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका प्राचार्य राजन कस्पालले लागुऔषध सेवनले समाजमा गम्भिर घटना घटन सक्नेहुदा त्यस तर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै हरेक प्रहरमा खटि नागरीक तथा समाजको सुरक्षामा खटिने नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गर्नु भयो ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक बेद बिष्ट, प्रहरी वृत्त जगतीका प्रमुख प्रहरी नायव उपरीक्षक दिप्ति कार्की,सुर्यविनायक नगरपालिका ५ का वडा अध्यक्ष, भक्तपुर नगरपालिका वडा नम्वर ०१ का वडा सदस्य, प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको कार्यक्रममा सोही मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका विद्यार्थीहरूले लागुऔषध सम्बन्धी लघुनाटक तथा बिबिध संस्कृति प्रस्तुत गरिएको थियो ।

Previous article
Next article
इजरायल युद्ध अपडेट :मृतकको संख्या ५ सय नाघ्योजेरुसेलम । इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी युद्धमा दुवै पक्षका पाँच सयभन्दा बढीको मृत्यु भएको छ । संघर्षमा सयौं घाइते भएका छन् ।इजरायलको प्रतिकारमा गाजा क्षेत्रमा २६५ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । यस्तै, इजरायलले पनि हमासको आक्रमणबाट २५० जनाको मृत्यु भएको जनाएको छ ।इजरायली सेनाले हमासविरुद्ध ८ स्थानबाट प्रतिकार गरेको छ भने दक्षिण क्षेत्रका २२ स्थानमा पुनः नियन्त्रण कायम राख्न सफल भएको जनाएको छ । इजरायली सेनाले गाजापट्टीमा सर्वसाधारणलाई घर छाड्न उर्दी जारी गरेको छ । इजरायली वायुसेनाले गाजा स्ट्रिपस्थित हमासको सैन्य क्याम्पलक्षित गरी दर्जनौं आक्रमण गरेको भिडियो सार्वजनिक गरेको छ । फाइटर जेटहरुले हमासमा गुप्तचर संयन्त्रमा पनि आक्रमण गरेका छन् ।यसैबीच, इजरायल, लेबनान र सिरियाको विवादित क्षेत्र माउन्ट डोभमा पनि आक्रमण भएको छ । आक्रमणको जिम्मा इरानसमर्थित हेजबोल्लाह समूहले लिएको छ । इजरायलले लेबनानी क्षेत्रलक्षित गरी हवाई आक्रमण गरेको छ । उता, इजरायलस्थित अमेरिकी दूतावासले विद्रोही समूहले एक सय सर्वसाधारण तथा सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । हमासले भने इजरायलभित्र संघर्ष जारी रहेको जनाएको छ ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles