आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको स्रोतको दावी छ । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । एक जना सम्पर्कविहिन भएको परराष्ट्र स्रोतले जनाएको छ ,!
परराष्ट्र मन्त्रालय

