Monday, June 30, 2025

सुन तस्करीमा महराका छोरासहित तीन जनालाई मुद्दा चलाउन सिफारिसप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोटको स्वरुपमा भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।सीआईबीले आइतबार राहुल, दाबा छिरिङ र सुन काण्डमा मुछिएका दाउजिङवाङका सवारी चालक लोकेन्द्र पौडेलसहित तीन जनालाई मुद्दा चलाउने रायसहित सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।उनीहरुबाट ८ करोड ५५ लाख बिगो माग दाबीसहित संगठित अपराध र भन्सार चोरीमा मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।चिनियाँहरुसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष महरालाई भने मुद्दा चलाउनु नपर्ने सीआइबीको निष्कर्ष छ ।भदौ १३ गते पक्राउ परेका राहुलविरुद्ध दुबईबाट ल्याएको सुन तस्करीमा संलग्न रहेको आरोप लागेको छ । चिनियाँ नागरिक दाउजिङवाङसहितका कारोबारीसँग निरन्तर सम्पर्कमा रहेका महराको सुन तस्करीमा संलग्नता रहेको सीआईबीले निष्कर्ष निकालेको हो ।गत पुसमा विद्युतीय चुरोटबाट आएको सुन विमानस्थलबाट चोरी भएको थियो । भेपमा सुन ल्याउने चिनियाँ नागरिक ली भने फरार छन् त्यस्तै हङकङबाट आएको ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका दाबा छिरिङलाई ९ किलोमा पनि मुद्दाका लागि सिफारिस गरेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
इजरायल युद्ध अपडेट :मृतकको संख्या ५ सय नाघ्योजेरुसेलम । इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी युद्धमा दुवै पक्षका पाँच सयभन्दा बढीको मृत्यु भएको छ । संघर्षमा सयौं घाइते भएका छन् ।इजरायलको प्रतिकारमा गाजा क्षेत्रमा २६५ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । यस्तै, इजरायलले पनि हमासको आक्रमणबाट २५० जनाको मृत्यु भएको जनाएको छ ।इजरायली सेनाले हमासविरुद्ध ८ स्थानबाट प्रतिकार गरेको छ भने दक्षिण क्षेत्रका २२ स्थानमा पुनः नियन्त्रण कायम राख्न सफल भएको जनाएको छ । इजरायली सेनाले गाजापट्टीमा सर्वसाधारणलाई घर छाड्न उर्दी जारी गरेको छ । इजरायली वायुसेनाले गाजा स्ट्रिपस्थित हमासको सैन्य क्याम्पलक्षित गरी दर्जनौं आक्रमण गरेको भिडियो सार्वजनिक गरेको छ । फाइटर जेटहरुले हमासमा गुप्तचर संयन्त्रमा पनि आक्रमण गरेका छन् ।यसैबीच, इजरायल, लेबनान र सिरियाको विवादित क्षेत्र माउन्ट डोभमा पनि आक्रमण भएको छ । आक्रमणको जिम्मा इरानसमर्थित हेजबोल्लाह समूहले लिएको छ । इजरायलले लेबनानी क्षेत्रलक्षित गरी हवाई आक्रमण गरेको छ । उता, इजरायलस्थित अमेरिकी दूतावासले विद्रोही समूहले एक सय सर्वसाधारण तथा सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । हमासले भने इजरायलभित्र संघर्ष जारी रहेको जनाएको छ ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles