Tuesday, July 1, 2025

प्यालेस्टिनी विद्रोही हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको टिपोट परराष्ट्र मन्त्रालयले तयार पारेको छ । तर औपचारिक रुपमा परराष्ट्र मन्त्रालयले बाहिर भनेको छैन । इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए ।

ताजा / भरखरै प्राप्त

आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको स्रोतको दावी छ । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । एक जना सम्पर्कविहिन भएको परराष्ट्र स्रोतले जनाएको छ ,!

परराष्ट्र मन्त्रालय

Previous article
सुन तस्करीमा महराका छोरासहित तीन जनालाई मुद्दा चलाउन सिफारिसप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोटको स्वरुपमा भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।सीआईबीले आइतबार राहुल, दाबा छिरिङ र सुन काण्डमा मुछिएका दाउजिङवाङका सवारी चालक लोकेन्द्र पौडेलसहित तीन जनालाई मुद्दा चलाउने रायसहित सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।उनीहरुबाट ८ करोड ५५ लाख बिगो माग दाबीसहित संगठित अपराध र भन्सार चोरीमा मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।चिनियाँहरुसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष महरालाई भने मुद्दा चलाउनु नपर्ने सीआइबीको निष्कर्ष छ ।भदौ १३ गते पक्राउ परेका राहुलविरुद्ध दुबईबाट ल्याएको सुन तस्करीमा संलग्न रहेको आरोप लागेको छ । चिनियाँ नागरिक दाउजिङवाङसहितका कारोबारीसँग निरन्तर सम्पर्कमा रहेका महराको सुन तस्करीमा संलग्नता रहेको सीआईबीले निष्कर्ष निकालेको हो ।गत पुसमा विद्युतीय चुरोटबाट आएको सुन विमानस्थलबाट चोरी भएको थियो । भेपमा सुन ल्याउने चिनियाँ नागरिक ली भने फरार छन् त्यस्तै हङकङबाट आएको ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका दाबा छिरिङलाई ९ किलोमा पनि मुद्दाका लागि सिफारिस गरेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles