Monday, June 1, 2026

इजरायलमा रहेका २०० बढीले घर फर्किन टिपाए नाम:-

ताजा / भरखरै प्राप्त

इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् ।हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ ।अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।तेल अबिबस्थित नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।अहिलेसम्म २०० भन्दा बढीको विवरण संकलन भइसकेको भन्दै दूताबासले भनेको छ, ‘इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।’

Previous article
बिरगंज असोज २२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा यात्रु सहायता कक्षको स्थापना । यात्रुहरूको सुविधालाई मध्यनजर गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।साथै अन्य ट्राफिक पोष्ट तथा नेपाल प्रहरीका सम्पुर्ण कार्यालयहरुमा समेत यात्रुहरुले सहायता लिन सक्नु हुनेछ।नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने छ । सहायता कक्षमा यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने जानकारी ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाले गराएका छन् ।
Next article
बिरगंज असोज २२ गते- । तीन दिनदेखि संसारको ध्यान इजरायल र हमासको युद्धमा छ।धेरै टाढाको भूमिमा भइरहेको युद्धबारे नेपालमा पनि चासो र चिन्ता छ। गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।गाजा नजिकै प्रशिक्षणमा रहेका १७ नेपालीमध्ये एक जना बेपत्ता छन् भने चार जना घाइतेको उपचार भइरहेको छ।अरू दुई जना भने सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट एक महिनाअघि ११ महिनाका लागि इजरायल पुगेका विद्यार्थीको मृत्यु भएपछि सुनसरीदेखि दार्चुलासम्म शोक परेको छ।हमासको आक्रमणमा परी मारिएकाहरूका आफन्तलाई मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ।हमासको आक्रमणले एकातिर भर्खरै इजरायली भूमि टेकेका युवाहरूको सपना बिलाएको छ भने अर्कातिर उनीहरूका परिवारको आशा निभेको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles