Monday, June 30, 2025

इजरायलबाट नेपाली विद्यार्थीको प्रश्न –हामी नेपाल पनि फर्किन्छम् कि, आशमा यतै विलिन हुन्छौं ?

ताजा / भरखरै प्राप्त

इजरायलमा रहेका नेपालीहरुले आफूहरुलाई छिटो उद्धार गरी नेपाल फर्काइदिन नेपाल सरकारसँग माग गरेका छन्।मंगलबार साँझ सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै इजरायलमा रहेका नेपालीहरुले सरकारसँग छिटो उद्धारको लागि आग्रह गरेका हुन्।साथै उनीहरुले सरकारलाई ‘हामी नेपाल पनि फर्किन्छम् कि, आशमा यतै विलिन हुन्छौं ?’ भन्दै प्रश्नसमेत गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल गएका ४९ विद्यार्थीहरूमध्ये ३२ जनालाई रेस्क्यू गरिएको सरकारले बताएको छ।तर, रेस्क्यू भएको ठाउँमा अहिले पनि आफूहरूले सुरक्षित महसुस नगरेको बताउँदै उनीहरूले प्रश्न गरेका छन्– ‘हामीलाई पनि १० जना साथीहरूजस्तै विलिन भएको देख्न चाहनुहुन्छ ?’
हमास समूहको आक्रमणमा परी सोही समूहका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव पनि सरकारले अहिलेसम्म ल्याउन सकेको छैन। रेस्क्यू भएर आएका थाइल्यान्ड र कम्बोडियाका विद्यार्थीहरूको उद्धार भइसकेको भएपनि आफूहरू विचल्लिमा परेको उनीहरूको गुनासो छ ।

Previous article
इलामका १० नेपाली सिक्किममा बेपत्ता !इलाम । इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएकाे छ । इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो । काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने स्थानीयको भनाइ छ ।स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ । बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलथायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles