सो अवसरमा एआइजी ज्ञवालीले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ । २०५५ सालमा स्थापना भएको उक्त अस्पतालले बहालवाला तथा भूतपूर्व प्रहरी र प्रहरी परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्दैआएको छ ।हाल १५ बेडमा सञ्चालित अस्पतालले २४ घण्टा इमर्जेन्सी सेवा, प्याथोलोजी, ओपिडी, आईपीडी, एक्सरे, डेन्टल, हाडजोर्नी, फिजिसियन, नाक कान घाँटीलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

