Monday, June 30, 2025

एआइजी ज्ञवालीले गरे लुम्बिनी प्रदेश प्रहरी अस्पतालको अनुगमन तथा निरीक्षणनेपालगञ्ज । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले नेपालगञ्जमा रहेको प्रहरीको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको अनुगमन गरेका छन् ।प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुखसमेत रहेका ज्ञवालीले मङ्गलबार अस्पतालको अनुगमन तथा निरीक्षण गरेका हुन् । एआइजी ज्ञवालीले अस्पतालको सम्पूर्ण गतिविधि, भौतिक पूर्वाधारको अवस्था, अस्पताल व्यवस्थापनको अनुगमन तथा निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीलाई भेटघाट गरेका छन् ।

ताजा / भरखरै प्राप्त

सो अवसरमा एआइजी ज्ञवालीले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ । २०५५ सालमा स्थापना भएको उक्त अस्पतालले बहालवाला तथा भूतपूर्व प्रहरी र प्रहरी परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्दैआएको छ ।हाल १५ बेडमा सञ्चालित अस्पतालले २४ घण्टा इमर्जेन्सी सेवा, प्याथोलोजी, ओपिडी, आईपीडी, एक्सरे, डेन्टल, हाडजोर्नी, फिजिसियन, नाक कान घाँटीलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

Previous article
अवाञ्छित गतिविधि रोक्न १२२ ठाउँमा सशस्त्र प्रहरीको सहायता कक्षकाठमाडौं । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका १२२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।भारततर्फको सीमावर्ती इलाकामा १२० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको स्थापना गरिएको छ । भारततर्फ ३० स्थानमा स्वास्थ्य कक्ष र चीनतर्फ तीन स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।प्रवक्ता खड्काका अनुसार दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपत्मा परेका नागरिकको उद्धारमा सहयोग पुर्‍याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो ।चाडपर्व लक्षित सहायता कक्ष सुनसरीको पकलीस्थित बराह बाहिनी मुख्यालयअन्तर्गत २५, सप्तरीको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत दुई, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत दुई, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीअन्तर्गत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत एउटा र वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।महोत्तरी, रुपन्देही, सुनसरी, सप्तरी, कैलालीलगायत भारतसँगको सीमानाकामा स्वास्थ्य सहायता कक्ष पनि स्थापना भएका छन् । सहायता कक्ष र स्वास्थ्य सेवा कक्ष अन्य स्थानमा पनि स्थापना गर्न आवश्यक देखिए तदनुरुप हुने प्रवक्ता खड्काले बताए ।चाडपर्वको बेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाटजस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न सहायता कक्ष स्थापना गरिएका हुन् ।सीमानाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ । रासस
Next article
अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान सहितमोसा बरामदःप्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी बसपार्क रौतहटबाट २३ गतेखटिएको प्रहरी गस्ती टोलीलेगस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर न।पा।वडा नं।६ स्थित भारतबाटअवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा देवाल घडी लगायतकासामानहरु मो।सा।मा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अबस्थामा प्रहरी गस्तीटोलीलाई देखि मो।सा।सहित सामान छाडी भागी फरार भएकोले सो स्थानमाप्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको नम्बर नखुलेको चेचिसनं।ःद्यीज्ब्ज्ञभ्ज्ढढव्ण्ण्ढण्ठ भएको मो।सा।१ थान, लत्ताकपडा र देवाल घडीलगायतका सामान अ।मुल्य रु। १,१३,७५०।(९एक लाख तेह् हजार सात सयपच्चास मात्र० बराबरको सामान र मो।सा।नियन्त्रणमा लिई आवश्यक कार्वाहीकोलागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles