Sunday, August 17, 2025

चिकित्सकको सामूहिक राजीनामापछि प्रतिष्ठानको सेवा प्रभावित

ताजा / भरखरै प्राप्त

सुनसरी । वृत्तिविकासको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले सामूहिक राजीनामा दिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित भएको छ ।आन्दोलनका कारण अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द भएका छन् । अस्पताल आएका बिरामीले उपचार पाएका छैनन् भने पठनपाठनसमेत रोकिएको छ ।
सात वर्षदेखि बढुवा रोकिएको भन्दै चिकित्सकहरुले हिजो स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् । चिकित्सकहरुले प्रतिष्ठानको अवस्था र चिकित्सकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए । तर, सुनुवाइ नभएपछि सामूहिक राजीनामा दिएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles