Sunday, June 29, 2025

झापामा हात्ती मृत भेटियोझापा । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेको जनाए।उनका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ ।कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उनले जानकारी दिए । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उनको भनाइ छ ।-रासस

ताजा / भरखरै प्राप्त

Previous article
Next article
विभिन्न जिल्लाहरुबाट गैह्नकानूनी रुपमा भन्सार छलि गरी लत्ताकपडा तथा कस्मेटिक सामानहरु काठमाण्डौँ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा बर्दिवास स्थित पूर्व पश्चिम लोकमार्गमा चेकजाँच गर्दा बा.५ ख. ८३८६ नम्बरको मिनि ट्रकमा अंदाजी रू. ६९,२१,४८० (उनान्सतरी लाख एकाईस हजार चार सय असी) बराबरको निम्न बमोजिमका सामान र चालक जिल्ला मकवानपुर मन्हरी गा.पा.वाडा नं.३ बस्ने वर्ष ४५ को सुरेश बल सहित नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागी जलेश्वार भन्सार महोत्तरी पठाईएको छ ।बरामदी सरसामानहरु:-१. गाडी :- रु.२०,००,०००/-२. लत्ताकपडा:- रु.४३,५७,४८०/-३. कस्मेटिक:- रु.५,६४,०००/-
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles