३५०० के.जि. प्याज बरामदधनुषा । जिल्ला धनुषा बिदेह नगरपालिका -२ गोब्राही ईलाकामा नं. ८ गण हे.क्वा. धनुषाबाट स.प्र.स.नि. महेश राईको कमाण्डमा खटिएको ७ जनाको गस्ति टोललाई देखि भारतबाट अबैध रुपमा भन्सार छलि नम्वर नखुलेको ट्याक्टरमा राखि नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य. १,४०,०००/- बराबरको ३५०० के.जि. प्याज र ट्याक्टरको अन्दाजि मुल्य ५,००,०००/-गरी जम्मा अन्दाजि मुल्य रु ६,४०,०००/- बराबरको प्याज र ट्याक्टर छाडि ब्यक्ति फरार भएको हुदा उक्त सामान र ट्याक्टर बरामद गरि नं. ८ गण धनुषामा ल्याई भन्सार बुझाउने प्रकृयामा रहेको छ ।