विभिन्न जिल्लाहरुबाट गैह्नकानूनी रुपमा भन्सार छलि गरी लत्ताकपडा तथा कस्मेटिक सामानहरु काठमाण्डौँ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा बर्दिवास स्थित पूर्व पश्चिम लोकमार्गमा चेकजाँच गर्दा बा.५ ख. ८३८६ नम्बरको मिनि ट्रकमा अंदाजी रू. ६९,२१,४८० (उनान्सतरी लाख एकाईस हजार चार सय असी) बराबरको निम्न बमोजिमका सामान र चालक जिल्ला मकवानपुर मन्हरी गा.पा.वाडा नं.३ बस्ने वर्ष ४५ को सुरेश बल सहित नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागी जलेश्वार भन्सार महोत्तरी पठाईएको छ ।बरामदी सरसामानहरु:-१. गाडी :- रु.२०,००,०००/-२. लत्ताकपडा:- रु.४३,५७,४८०/-३. कस्मेटिक:- रु.५,६४,०००/-