Monday, June 30, 2025

सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ। सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विक रहेका छन् ।विकले गत असोज २२ गते ग्वार्को बाफलस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्केर आगो लगाएका थिए । सो घटनामा आगो सल्केर अन्य दुईजना पनि घाइते भएका थिए । उनीहरूको कीर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।घटनापछि फरार रहेका विकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको थियो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
गाँजासहित हेटौंडामा चार जना पक्राउहेटौंडा — प्रहरीले गस्ती गर्ने क्रममा गाँजा बोकेर आएका चार जनालाई गाँजासहित बुधबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा राक्सिराङ गाउँपालिकाको बाटो हुँदै गाँजा बोकेर आएका चार जनालाई १५० केजी गाँजासहित पक्राउ गरेको हो । चार जनाले बोरामा प्याक गरेर गाँजा पर्सा राष्ट्रिय निकुन्ज हुँदै भारततर्फ बोकेर लैजाँदै थिए ।प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ३० वर्षीय रामशरण चेपाङ,कैलाश गाउँपालिकाकै १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमानसिं चेपाङ, ३० वर्षीय कृष्णबहादुर चेपाङ रहेका छन् । पर्सा राष्ट्रिय निकुन्ज पार गरेपछि उनीहरुलाई गाँजा बोके बापत प्रतिकेजी ५ सय रुपैयाँ दिने भनि व्यापारीले प्रलोभनमा फसाएको बताएका छन् । उक्त गाँजा कैलाश गाउँपालिकाबाट ल्याएको कुरा उनीहरुले प्रहरी समक्ष बताएका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles