Monday, June 30, 2025

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तमध्यावधि रोक्न सांसदहरूले मलाई समर्थन गर्नुभयो : मुख्यमन्त्री कार्की

ताजा / भरखरै प्राप्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् ।यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको उनले बताए ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।
तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए ।सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।’मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए ।
कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसदसमेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्री दाबी गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि उनको पक्ष सनाखतमै सहभागी भएन । र, कार्की बहुमतको सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए ।

Previous article
Next article
हतियार देखाई लुटपाटमा संलग्न व्यक्तिहरू हतियारसहित पक्राउकाठमाडौं, हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई हतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमर घलान, सर्लाही लालबन्दी नगरपालिका-१५ घर भई काठमाडौं काँडाघारी बस्ने ३६ वर्षीय सान्ता लो तामाङ र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-२ घर भई काठमाडौं गोकर्णेश्‍वर बस्ने ३० वर्षीय जितेन लामा रहेका छन् ।काठमाडौं बौद्ध एरियामा विभिन्न व्यक्तिहरुलाई हतियार देखाई डलर तथा सुन लुटपाट गर्ने हतियारधारी समुह रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरूले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित फायर गर्न लाग्दा प्रहरीको जवाफी कारवाहीमा एक जनालाई खुट्टामा गोली लाग्न गई घाइते भएको र अन्य २ जनालाई भाग्ने क्रममा नियन्त्रणमा लिएको हो ।साथै मेड इन युएसए लेखेको पेस्तोल १ थान, सो को गोली ७ राउण्ड, ताला काट्न प्रयोग हुने फलामको कैंची १ थान तथा बा.८८ प ४०३१ नम्बर र बा.८९ प २३१७ नम्बरका २ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको उक्त कार्यालयले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles