Tuesday, July 1, 2025

प्रहरी वरिष्ठ सई पौडेल हत्या प्रकरण :थप एकजना पक्राउ

ताजा / भरखरै प्राप्त

बागलुङ । नेपाल प्रहरीका वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपमा थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले घटनामा संलग्न रहेको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय विशाल सुनारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले घटनाको अनुसन्धान गर्दा सुनारको संलग्नता देखिएकोले पक्राउ गरेर बिहिबार जिल्ला अदालत बागलुङमा ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।गत साउन ८ गते बेलुका ८ बजे बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा खाजा खान गएका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ सई पौडेल राती १ बजे सोही होटलमा मृत फेला परेका थिए । हत्या गरेको आरोपमा होटलका संचालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई प्रहरीले साउन ९ गते पक्राउ गरेको थियो ।हत्यापछि पौडेलको सिक्री चोरी गर्ने कार्यमा संलग्न रहेका कुँवर आमाछोरा पुर्पक्षका लागि जेलमा छन् । जिल्ला अदालत बागलुङले भदौ ६ गते कारागार चलान गरेको थियो ।

Previous article
इजरायलका थप दुई सय नेपाली उद्धारको पर्खाइमायुद्धग्रस्त इजरायलबाट २ सय ५४ जना नेपालीको उद्धार गरी स्वदेश ल्याइएपछि थप २ सय जनाले नेपाल फर्कने इच्छा गरेका छन् । स्वदेश फर्काइएकाहरु परिवारको सम्पर्कमा पुगिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।बिहीबार राति चार्टर्ड विमानबाट इजरायलमा रहेका विद्यार्थीलाई प्राथमिकताका साथ फिर्ता गरिएको थियो । तर अन्य करिब २ सयले पनि तत्काल स्वदेश फिर्ता हुन चाहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।गाजापट्टीबाट विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमण पहिलेको भन्दा फरक प्रकृतिको भएकाले नेपाली त्रसित हुँदै आएका छन् । नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ ।दूतावासले स्वच्छाले नेपाल फर्कन चाहनेहरूलाई फर्म भर्न आह्वान गरेको थियो । करिब ५ सय जनाको फर्म आएको दूतावासले उल्लेख गरेको छ । गैरआवासीय नेपाली संघ इजरायलले भने सुरुका दिनमा केही त्रास भए पनि पछिल्लो समयमा रकेट आक्रमण मात्रै भएकाले त्यसबाट डराउनुपर्ने अवस्था नरहेको जनाएको छ ।हमासको आक्रमणमा परी बेपत्ता भएका विपीन जोशीको भने खोजी भइरहेको छ । इजरायलमा हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles