प्रधानसेनापति शर्मा स्वदेश फिर्ताप्रधानसेनापति प्रभुराम शर्मा शनिवार स्वदेश फर्किएका छन् । संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सम्पन्न गरेर उनी आज स्वदेश फर्किएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए ।प्रधानसेनापति शर्मा बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसको औपचारिक निमन्त्रणामा यही असोज २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।बेलायत भ्रमणका दौरान प्रधानसेनापतिले आफ्ना बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए ।