Monday, June 30, 2025

बहराइन ७७ रनमा अलआउटदिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ ।मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ अलआउट भयो ।दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए ।नेपाली बलरको घातक बलिङसामु टिक्न नसकेका बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन् ।

ताजा / भरखरै प्राप्त

Previous article
हतियार देखाई लुटपाटमा संलग्न व्यक्तिहरू हतियारसहित पक्राउकाठमाडौं, हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई हतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमर घलान, सर्लाही लालबन्दी नगरपालिका-१५ घर भई काठमाडौं काँडाघारी बस्ने ३६ वर्षीय सान्ता लो तामाङ र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-२ घर भई काठमाडौं गोकर्णेश्‍वर बस्ने ३० वर्षीय जितेन लामा रहेका छन् ।काठमाडौं बौद्ध एरियामा विभिन्न व्यक्तिहरुलाई हतियार देखाई डलर तथा सुन लुटपाट गर्ने हतियारधारी समुह रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरूले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित फायर गर्न लाग्दा प्रहरीको जवाफी कारवाहीमा एक जनालाई खुट्टामा गोली लाग्न गई घाइते भएको र अन्य २ जनालाई भाग्ने क्रममा नियन्त्रणमा लिएको हो ।साथै मेड इन युएसए लेखेको पेस्तोल १ थान, सो को गोली ७ राउण्ड, ताला काट्न प्रयोग हुने फलामको कैंची १ थान तथा बा.८८ प ४०३१ नम्बर र बा.८९ प २३१७ नम्बरका २ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको उक्त कार्यालयले जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles