Saturday, June 28, 2025

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषदएमाले पनि सरकारमा सहभागी

ताजा / भरखरै प्राप्त

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।

Previous article
Next article
झापामा लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउझापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-९ का ३० वर्षीय मोहन टुडु, ३७ वर्षीय सोम मर्डी र ३२ वर्षीय अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका छन ।उनिहरुलाई झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो ।उनिहरलाई प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी झापाको गौरीगञ्ज गाउँपालिका-२ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-०१५ प ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक-५ का २५ वर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटर सहित नियन्त्रणमा लिएको हो ।लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको प्रदेश प्रहरी प्रमुख बास्तोलाले बताउनुभयो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles